- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल गर्न देउवा प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
गत फागुन ८ गते एमसीसी संसदमा टेबल भएपछि नेताहरु आपसमा भेटिरहेका छन् । एमसीसी पास गर्नेबारे सत्ताधारी दलहरु नै विभाजित भएपछि देउवाले प्रचण्डसँग निर्णायक वार्ता गर्नका लागि खुमलटार गएको बालुवाटार निकट स्रोतले बताएको छ ।
माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसीमा सहयोग नगरे कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर अगाडि बढ्न सक्ने पनि देखिएको छ । माओवादी र नेकपा एसले अहम् समयमा धोका दिएको विश्लेषण गर्दै देउवाले विकल्पका ढोका खुला राखेकोसमेत बताइन्छ ।
माओवादीले धोका दिएका खण्डमा सभामुख फेर्ने र एमसीसी पास गर्न सक्ने शंका पनि कायम छ । एमाले सभामुख फेरेमा एमसीसीमा सघाउन सक्ने जनाएको बताइएको छ ।
आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाहीको सूचना नटाँसेकोमा एमाले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित छ ।
यता प्रचण्डले दोहोरो भूमिका खेलेको भन्दै उनकै पार्टीभित्र पनि आक्रोश छ ।
र्
एकातिर उनी सरकार छाड्न तयार रहेको बताएका छन् भने अर्कातिर एमसीसी पास गर्नतर्फ कुनै चासो देखाएका छैनन् ।
यसैबीच प्रचण्डले आफ्ना मन्त्रीहरुलाई जस्तोसुकै परिस्थिति आउनसक्ने भएकाले तयारी भएर बस्न दिर्नेशन दिएको बताइएको छ ।