arrow

पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
paul-shah.jpg
फाइल तस्बिर

काठमाडौँ। जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। चार दिनअघि नाबालिग एक गायिकाले उनी विरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जायरी दिएकी थिइन।

उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो। प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए। तर, उनले आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। म्याद थपका लागि उनलाई प्रहरीले हथकडी लगाएरै अदालतमा पेस गरेको थियो।



नयाँ