arrow

स्थानीय निर्वाचनको घोषणापत्र काँग्रेसले चाँडै सार्वजनिक गर्छ : काँग्रेस प्रवक्ता महत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १६ सोमबार
prakash-sharan-mahat-nc-spokesperson.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका हुन्।

काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि एक महिने सङ्गठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ।

आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनको भनाइ छ। त्यसका लागि ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ भन्ने नारा तय गरिएको उनको भनाइ छ। यसका लागि सबै भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गरिएको प्रवक्ता महतले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ