- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका-३ हर्राचौर निवासी २६ वर्षीया सरिता थापाको मृत्यु भएको हो ।
उनी सोही स्थानकै हुग्दी खोलामा करेन्ट लगाएर माछा मार्न गएकी थिइन् । करेन्ट लगाउँदा बेहोस् भएकी उनलाई स्थानीयवासीले अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।