arrow

चीनको सिनजियाङमा 'नरसंहार' जारी, अमेरिकी विदेशमन्त्रीद्वारा रिपाेर्ट सार्वजनिक गर्न आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
antony-blinken-usa.jpg

काठमाडौं। संयुक्त राज्य अमेरिकाले मंगलबार संयुक्त राष्ट्र मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटलाई सिन्जियाङमा उइगरहरूको मानवअधिकारको अवस्थाको बारेमा आफ्नो प्रतिवेदन प्रकाशित गर्न आह्वान गरेको छ ।

चिनियाँ सरकारले सिन्जियाङमा नरसंहार जारी राखेको बताउँदै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्, 'चीनमा, सरकारले सिन्जियाङमा उइघुर मुस्लिम र अन्य अल्पसंख्यक समूहमाथि नरसंहार र मानवता विरोधी अपराध जारी राखेको छ। हामी उच्चायुक्तलाई त्यहाँको अवस्थाको बारेमा आफ्नो रिपोर्टलाई ढिलाइ नगरी प्रकशित गर्न आग्रह गर्दछौं ।'

ब्लिन्केनले स्वीट्जरल्याण्डको जेनेभा स्थित संयुक्त राष्ट्रसंघको युरोपेली मुख्यालयमा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ४९औँ सत्रलाई सम्बोधन गर्ने क्रममा यस्तो भनेका हुन् ।

सिन्जियाङ उइघुर स्वायत्त क्षेत्र चीनको सबैभन्दा ठूलो प्रान्त हो । जसमा विभिन्न जातीय समूहका करिब साढे दुई करोड मानिस बसोबास गर्छन् ।

तर तिनीहरूमध्ये लगभग ४५ प्रतिशत उइघुर मुस्लीम समुदायको जनसंख्या छ । अफगानिस्तान र पाकिस्तान सहित सात देशको सिमाना जोडिएको यस क्षेत्रलाई धेरै वर्षदेखि आतंकवाद र चरमपन्थको केन्द्र मानिएको स्पुतनिकले जनाएको छ।

सन् २०१८ को अगस्तमा जातीय भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्र समितिका विज्ञहरूले चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रका क्याम्पहरुमा करिब १० लाख उइघुरहरू हुनसक्ने अनुमान गरेका थिए । चीनले मुस्लीम समुदायका नागरिकहरुलाई यस्ता शिविरमा राखेर उनीहरुो भाषा, संस्कृतिलगायतका कुराहरु परिवर्तन गर्ने गरेको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ