arrow

उइगर नरसंहार भइरहेको क्षेत्रमा डिज्नीको फिल्म मुलान छायांकनले ल्याएको 'विश्वतरंग'

logo
प्रकाशित २०७७ भदौ २७ शनिबार
disney-mulan-movie.jpg

काठमाडौं। मानवअधिकारकर्मीहरुले अमेरिकी फिल्म निर्माता कम्पनी वाल्ट डिज्नीको गम्भीर आलोचना गरिरहेका छन्। डिज्नीले गत मार्च ९ मा डिज्नी प्लसबाट रिलिज गरेको फिल्म “मुलान”को छायांकन चिनियाँ प्रान्त छियांजिंगमा गरिएको खुलासा भएसँगै डेज्नीको आलोचना सुरु भएको हो।

अहिले ट्विटरमा ह्यासट्याग सहित 'बाइकटमुलान' ट्रेन्डिंगमा रहेको छ। सन् १९९८ मा यसै नामको एनिमेटिड फिल्मको रिमेक 'मुलान' को केहीभाग चीनको छियांजिंग प्रान्तमा सुटिंग गरिएका कारण डेज्नीसँग विश्व जनमत रुष्ट देखिएको छ।

दर्शकहरुले फिल्मको सुरुमा डिज्नीले छियांजिंगका सरकारी विभागहरुलाई विशेष धन्यवाद दिएको पाएका थिए । चिनियाँ लोककथामा आधारित सो फिल्मले, छियांगजिंगको उइगर स्वायत्त क्षेत्रको सीपीसी प्रचार विभाग, जनसुरक्षा ब्युरो अफ टुर्पानलगायतका सरकारी विभागहरुलाई सुटिंगको व्यवस्था मिलाइदिएकोमा धन्यवाद दिएको छ।

जुन सार्वजनिक विभागलाई डिज्नीले धन्यवाद दिएको छ, त्यसले सो क्षेत्रका अल्पसंख्यक उइगर समुदायहरुको जातिय नरसंहार गरेको आरोप छ। फिल्म सुटिंग भएको क्षेत्रमा उइगुर समुदायमाथि धार्मिक एवं जातिय उत्पिडन भइरहेको छ।

चीनको केन्द्रीय योजना अनुरुप छियांजिंगले त्यहाँ रहेका अल्पसंख्यक उइगर मुस्लिम समुदायका मानिसहरुलाई जबरजस्ती संस्कृति परिवर्तन गराउनका लागि 'रि—एडुकेसन क्याम्प' अर्थात पुर्नसिकाई शिविरहरु सञ्चालन गरेको छ। पत्रकार एवं मानवअधिकारकर्मीहरुलाई समेत चीनले सो क्षेत्रमा जाने अनुमति छैन्। त्यहाँका अल्पसंख्यकहरुमाथि भइरहेको हिंसा एवं उत्पिडनका घटनाहरु भयानक मानवताविरोधि षडयन्त्रका रुपमा हेरिएका छन् र यसको जिम्मा चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)लाई दिइएको छ।

के हो उइगर मुस्लिम समुह ?
टर्किस अल्पसंख्यक जातिका रुपमा रहेको उइगर मुस्लिम समुदाय दक्षिण एसियाको समुदायसँग मेल खाने जाती हो। चीनको छियांजिंगमा रहेको यो समुदायमाथि चीनले भयंकर दमन गरिरहेका केही घटनाहरु संयोगबस बाहिरिएपछि विश्वभर चीनको विरोध हुँदै आएको छ। चीनले २१ औं शताब्दिको सुरुमै यो समुदायमाथि एथिनोसाइड या सांस्कृतिक नरसंहार भन्दै धर्म परिवर्तन, कुरान परिर्वतन एवं संस्कृति नै परिवर्तन गरेर चिनियाँ संस्कृति अँगाल्नका लागि दबाद दिन सुरु गरेको थियो।

सांस्कृतिक नरसंहारकै लागि अहिले त्यहाँ चीनले शिविर चलाएर दसौं लाख उइगर समुदायका मानिसहरुलाई अपहरण गरेर राख्दै धर्म, संस्कृति परिवर्तन गराइरहेको खुलेको छ। चीनले सो क्षेत्रमा मानवअधिकारकर्मी एवं पत्रकार कसैलाई समेत जान दिने गरेको छैन्। टुटफुट रुपमा बाहिरीने त्यहाँका भिडियो र त्यहाँबाट भागेर अन्य देश पुगेका उइगर समुदायका मानिसहरुले आफुहरुमाथिको उत्पिडनको कथा बताउने गरेका छन्।

त्यहाँ परिवारका सदस्यहरुलाई चिनियाँ अधिकारीहरुले जबरजस्ती अपहरण गरेर लग्ने गरेका छन्। कतिपयलाई शिविरमा राखेर पुर्नशिक्षाका लागि दबाब दिन्छन् भने कतिपयको हत्या समेत हुने गरेको आशंका छ।

मुलानको विरोध ?
चिनियाँ कम्युनिस्ट पार्टीले पत्रकार र मानवअधिकारकर्मी जस्ता संवेदनशिल निकायका मानिसहरुलाई नै प्रवेश गर्न नदिने ठाँउमा एउटा फिल्म छायांकन गर्न दिएपछि डिज्नीको फिल्म मुलानविरुद्ध इन्टरनेटप्रयोगकर्ता (नेटिजन)हरुले प्रदर्शन एवं विरोध सुरु गरेका हुन् । फिल्ममा मुख्य भुमिका निभाउने महिला लिउ यैफिले हङकङ प्रहरीको विवादास्पद कदमको समर्थन गरेका कारण उनको चर्को विरोध भइरहेको छ। गत वर्षको हङकङमा पारित भएको प्रत्यापर्ण विधेयकका विरुद्ध प्रजातन्त्र समर्थकहरुले गरेको प्रदर्शनका क्रममा लिउले हङकङ प्रहरीको समर्थन गरेकी थिइन्, जुन मानवताविरोधी ठहरिन्छ ।

सीएनएनका अनुसार उनले गर्तवर्ष, “म हङकङ प्रहरीको समर्थन गर्छु”, भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्। यसविषयमा, उइगर अभियानकी कार्यकारी निर्देशक रुसन अब्बासले भनेकी छन्, “उइगरमाथि चरम शोषण भइरहेको क्षेत्रमा डिज्नीले फिल्म छायाँकन गरेको कुराले विश्व समुदायमै तरंग ल्याएको छ, म आफै एक उइगुर मुस्लिम भएको कारण मलाई धेरै चिन्ता छ ।” 

अब्बासले चीनले यसरी जातिय नरसंहार गरिरहेको कदमविरुद्ध आवाज उठ्नुपर्ने र सबै मुस्लिम देशहरु चीनविरुद्ध एकजुट हुनुपर्ने बताएकी छिन् । उनले अघि भनिन्, “म खासमा विश्वभरका मुस्लिम देशहरुलाई आग्रह गरिरहेकी छु कि यसरी एक मुस्लिम समुदायमाथि चीन सरकारले कुरान पुर्नलेखन गर्ने, हाम्रा आफ्ना मुल्य मान्यताहरुलाई सखाप पार्ने, नैतिक एवं सामाजिक पक्षहरुलाई नै लोप गरिदिने कदम सहेर बस्नु हुँदैन् । यो विश्वभरका करोडौं उइगर समुदायमाथिको अत्याचार हो ।”

वाल्ट डिज्नी कम्पनीका चीफ फाइनान्सियल अफिसर क्रिस्टीन म्याकार्थिले ब्लुमबर्गलाई भनेकाछन्, “चिनियाँ विवादास्पद क्षेत्रमा मुलानको छायांकनले अहिले गम्भीर चुनौतीको सामना गरिदिएको छ ।” शुक्रबार बैंक अफ अमेरिकाको एक सम्मेलनमा बोलेका अधिकारीले मुलानको धेरै जसो भाग न्युजिल्याण्डमा छायांकन भएको र बाँकी केही चीनका २० ठाँउमा भौगोलिकता देखाउँनका लागि छायांकन भएको बताएका छन्। हङकङका प्रजातन्त्रवादी समर्थक जोशुआ वोंगले, “जब तपाइले मुलान हेर्नुहुन्छ त्यतिबेला तपाइले जातिय हिंसा र प्रहरीको अत्याचारअगाडि आँखा चिम्लिनुहुन्छ भन्दै टिप्पणी गरेका छन्।”

मानवअधिकार रक्षककी चिनियाँ अनुसन्धानकर्ता अकिउ वांगले, “डिज्नीले कसरी त्यहाँका अधिकारीहरुसँग फिल्म छायांकनका लागि सम्झौता गरेको थियो त्यो कुरा खुलाउनु पर्छ भन्दै टिप्पणी गरेकी छन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ