arrow

प्रथम वाणगंगा सडक खाना महोत्सव फागुन २७ मा 

logo
मणिप्रसाद गैेह्रे, 
प्रकाशित २०७८ फागुन २० शुक्रबार
274839288_931122567534951_8183411486681068136_n.jpg

कपिलवस्तु । वाणगंगा नगरपालिकाको जीतपुरमा प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ फागुन २७ मा हुने भएको छ । स्थानीय युवाहरुको सक्रियतामा उक्त महोत्सव संचालन गर्न लागिएको हो । जिल्लाको पहिचान, आर्थिक समाजिक एवं सांस्कृतिक विकासमा टेवा पुर्याउन सडक खाना महोत्सव राखिएको प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ मुल समारोह समितिका संयोजक बुद्धिबहादुर रोकाहाले जानकारी दिएका छन् । 

प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ को आयोजनामा राखिएको कार्यक्रमको सहआयोजक लुम्बिनी प्रदेश सरकारको पर्यटन डिभिजन कार्यालय रुपन्देही रहेको छ । महोत्सवलाई वाणंगगा नगरपालिका र वाणगंगा नगरपालिका वडा नं ४ ले पनि सहयोग गरेको वडा नं ४ का अध्यक्ष  गणेशबहादुर क्षेत्रीले बताए ।  

महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथै मगर, थारु, नेवारलगायत विभिन्न जातजातिका स्थानीय तथा मौलिक खानाका परिकार राखिने महोत्सवका निर्देशक सुशील सिंह ठकुरीले बताए । महोत्सव फागुन २७ गते शुक्रबार राखिएकोले स्थानीय तथा छिमेकी जिल्लाका परिवारसहित आएर अवलोकन र मनोरन्जन लिन सकिने निर्देशक ठकुरीले बताए । 

महोत्सव पूर्व तयारी समितिको बैठकमा लुम्बिनी प्रदेश सरकारकी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री रीना नेपालले महोत्सवले स्थानीय स्तरमा सामाजिक तथा सांस्कृतिक पक्षको मौलिकता विकास हुनुको साथै स्थानीय पर्यटन क्षेत्रमा पनि प्रर्वधन हुने बताइन् । 

साथै नेपालले प्रदेश सरकारले प्रदेश विभिन्न जिल्लाहरुमा पर्यटनका साथै सामाजिक, धार्मिक र सांस्कृतिक पक्षको  विकासमा विभिन्न कार्यायोजना बनाइ अगाडि बढेको बताइन् । 

सो अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डेले युवाहरुले सबै पक्ष र तहसँग मिलेर वाणगंगा सडक खाना महोत्सव २०७८ सफल पार्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ