arrow

निर्वाचनका लागि दर्ता दलको जाँचबुझ जारी, २६ गते अन्तिम नामावली 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
election-commission1-1618997712.jpg

काठमाडौंं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ जारी रहेको छ । आगामी ३० वैशाखमा तय भएको निर्वाचनका लागि दर्ता भएका ८० दलका बारेमा आयोगले जाँचबुझ गरिरहेको हो ।

आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ गरिसके पछि २६ फागुनमा अन्तिम नामावली प्रकाशन गरिनेछ ।

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरिसकेको उल्लेख गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि आह्वानसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ