arrow

परराष्ट्रमन्त्री खड्का र बेलायतका विदेशमन्त्रीबीच संवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
foreign-ministry-parrastra-mofa.jpg
तस्बिर– फाइल

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच टेलिफोन संवाद भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरे । उनीहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायु परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ