- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । म्याग्दीका किसानले लगाएको गहुँबालीमा पहेँलो र खैरो सिन्दुरे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि प्राविधिकका अनुसार गहुँमा लाग्ने सिन्दुरे रोग एक प्रकारको ढुसीजन्य रोग हो । यो रोग हावाको माध्यमाबाट सर्ने गर्छ ।
विगत वर्षमा गहुँबालीमा डढुवा रोग देखिने गरेकामा यसवर्ष सिन्दुरे रोगको प्रकोप देखिएको जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कतै पहेँलो त कतै खैरो सिन्दुरे रोगले गहुँबालीमा क्षति पुर्याउन थालेपछि किसानले विषादीको प्रयोग गर्न थालेका छन् ।
ढुसीका कारण गहुँबालीमा यो रोग देखापर्ने प्राविधिकको भनाइ छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार हाल सिफारिसमा आएका हिमगङ्गा, भेरी गैगा, मुडुले १, खुमल शक्ति, जिङ्क गहुँ १, जिङ्क गहुँ २ गहुँका जातमा सिन्दुरे रोग कम देखिएको छ ।
जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, सिमलचौर, मालिका लगायतका क्षेत्रमा लगाएको गहुँबालीमा बोट मर्ने, पात सुक्ने जस्ता रोग देखिएपछि किसान चिन्तित बनेका हुन् ।