arrow

संसदमा प्रधानन्यायाधीश विरुद्धको महाभियोगमाथि आइतबार छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
cholendra-rana-chief-justice.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ। आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकका सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ । 

यसअघिको प्रतिनिधिसभाकाके बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको थियो । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका मात्रै चार जना सांसद रहेका छन् । 

महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन् । नेपाली काँग्रेसका मीनबहादुर विक र रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रकी यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ