arrow

प्रतिपक्षले संसद अवरोध गर्दैमा सरकार भाग्दैन: मन्त्री शर्मा

logo
नारायण वली,
प्रकाशित २०७८ फागुन २९ आइतबार
received_3198025897188690.jpeg

रुपन्देही । सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको दुई जना सांसदको विषयलाई लिएर विपक्षी दल नेकपा एमालले संसद अवरोध गर्दै आएको छ। यो लुम्बिनी प्रदेश सरकारको अवस्था हो ।

तर, लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले विपक्षी दलले संसद चल्न नदिएर अध्यारोमा पारे पनि सरकार नभाग्ने वताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेशले शनिबार अर्घाखाँचीको नरपानीमा आयोजना गरेको 'जनसरोकारका सवालमा प्रदेश सरकार र सन्चारमाध्यम बीचको सम्वन्ध' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै, यस्तो बताएका हुन्।

उनले भने, प्रतिपक्ष दलले संसद अवरोध गर्दैमा सरकार संसद छोडेर नभाग्ने बताउँदै,गतिरोध अन्त्यका लागि प्रदेश सरकारले गृहकार्यमा लागिपरेको वताए। । जसका लागि प्रदेशका मन्त्रालयहरुले विधेयकको मस्यौदा तयार गरिरहेको र विधेयकको मस्यौदा तयार भएपछि संसद सञ्चालन गरिने जिकिर गरे।

यस्तै, सो कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामजी घिमिरले भने, संसद सूचारु गर्ने बिषय गम्भीर रहेको टिप्पणी गरे। उनले, आफ्नो पार्टीले कारवाही गरेका २ जना सांसदको सम्वन्धमा प्रदेश सभामा सूचना टाँस गरेपश्चात मात्रै संसद चल्न दिईने ठोकुवा गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य डा. बालकृष्ण चापागाईले जनतालाई सचेत हुनुपर्नेमा सुवास दिए ।

त्यस्तै, संविधानसभा सदस्य विनोद पहाडीले सरकार प्रति जनताका सन्तुष्ट नरहेको भन्दै, ध्यान दिनुपर्ने जनाए ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा पत्रकार तेजेन्द्र केसी, विमल पुरी, नेपाल वानका प्रदेश संयोजक माधव नेपाल, टेलिभिजन एसोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु भुषाल, शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, अधिवक्ता युवराज कँडेल र पत्रकार रुद्रहरी कुँवर लगायतले बोलेका थिए ।



नयाँ