arrow

प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोग प्रस्ताव पेश, चैत २ को बैठकमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
dev-gurung-parliament.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाभियोग प्रस्ताव प्रस्तुत गरिएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिनिधि सभाको बैठकमा पेश गरेका हुन् । 

उनले पछिल्लो समय प्रधानन्यायाधीश जबराले न्यायीक मान्यताको उल्लंघन गरेको, संविधान विपरीतका कार्यहरु गरेको, संवैधानिक परिषदको सदस्यको हैसियतले न्यायपालिका र कार्यपालिकामा समेत हस्तक्षेत्र गर्न खोजेको भन्दै महाभियोग लगाउनु परेको स्पष्ट पारे । 

उनले न्यायालयमा लागेको आरोपलाई टुङ्गो लगाउने काम व्यवस्थापिकाको भएको भन्दै फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गराएको बताए । उक्त प्रस्ताव फागुन १ मा गुरुङसँगै कांग्रेस सांसद पुष्पा भुषाल र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठको प्रस्तावमा ९५ जना सांसदले समर्थन जनाइ पेश भएको थियो । 

उक्त प्रस्ताव पेश हुँदा एमालेका सांसदहरुको अवरोध कायमै रहेको छ । 

गुरुङले पेश गरेको प्रस्तावमा जबरामाथि विभिन्न २१ वटा बुँदामा आरोप लगाइएको छ । ती बुँदाकै आधारमा उनलाई महाभियोग लगाउनु पर्ने पनि भनिएको छ । 

यसअघि एमालेका चार सांसदसहित ११ सदस्यीय छानबिन समिति बनाइएको थियो । 

गुरुङ पेश गरेको उक्त प्रस्तावमा आगामी बैठकमा छलफल हुनेछ । चैत २ गते बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ