arrow

देउवालाई रावलको जवाफ: ओली प्रधानमन्त्री हुँदा रक्षामन्त्री भएको हुँ, एमसीसी संसद्‌मा ल्याउँदा हैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
bhim-rawal-uml-2078-kartik.jpg

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा झुटो बोलेको र जनतामा भ्रम छरेको भन्दै खण्डीकरण गरेका छन् ।

सोमबार नुवाकोटमा देउवाले 'आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट (एमसीसी)पास गरेका भीम रावलले त्यस बेला किन आलोचना गर्नुभएन ? त्यति बेला राजीनामा नदिएर के हेरेर बसेको ?' भन्दै प्रश्न गरेका थिए ।

यसको जवाफमा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्रीसहित रक्षामन्त्री रहेको बताउँदै एमसीसी सम्झौता संसद्मा ल्याएको बेला नभएको बताएका छन्। 

यसरी तथ्यको जानकारी नराखी जनतामाथि भ्रम फालेको भन्दै रावलले,'यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रमंको या त आफ्नै दिमाग खुस्केर होस् हराएको हुनुपर्छ, या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ' भनेका छन् ।

यस्तै उनले एमसीसीको बिषयमा 'किन रावललाई मात्र टाउको दुख्छ' भन्दै गरेको प्रश्नको समेत जवाफ दिएका छन्। 

नेता रावलले भनेका छन्, 'प्रधानमन्त्री देउवाले 'किन रावललाई मात्र टाउको दुख्छु भन्ने प्रश्न गर्नुभएको रहेछ। उत्तर हेर्नुहोस्- नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईँको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर 'टाउको दुखेको' हो।'।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ