arrow

एमालेले मेयर र उपमेयरका उम्मेदवार केन्द्रबाटै तोक्ने, मापदण्ड पोलिटव्यूरो र केन्द्रीय कमिटीले बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
uml-meeting-2078-12-01.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको र उपमहानगर पालिकाका मेयर उपमेयरका लागि उम्मेदवारको टिकट केन्द्रबाटै वितरण गर्ने गरी मापदण्ड तय गरेको छ । 

मंगलबार साँझ बसेको एमालेको केन्द्रीय सचिवालयको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गर्दै महानगरपालिका, उपमहानगरपालिकाको उम्मेदवारको टिकट केन्द्रबाट वितरण गर्ने मापदण्ड तयार गरेको हो । 

सचिवालय बैठकपछि एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव पृथ्वीसुब्बा गुरुङले एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस सम्बन्धित वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले निर्णयका आधारमा टिकटको ब्यवस्थापन गर्ने मापदण्ड तय गरेको छ । 

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ । महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका लागि जिल्ला र प्रदेशले सिफारिस गर्ने र निर्णय केन्द्रले गर्ने निर्णय एमालेको केन्द्रीय सचिवालय बैठकले गरेको छ ।

सिफारिस गर्दा के के मापदण्डका आधारमा गर्ने भन्ने चाहिँ चैत ७ गते बस्ने पोलिटव्यूरो र त्यसलगत्तै ९ र १० बस्ने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने भएको छ । 

त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक पनि बोलाएको छ । चुनावी घोषणा पत्रका लागि बुद्धिजीवी संगठनको आयोजनामा बुधबार नै हुने कार्यक्रममा नीति तथा प्रतिष्ठान विभागले मस्यौदाका विषयमा केन्द्रीत रहेर छलफल गर्ने भएको छ । 

त्यसलाई केन्द्रीय कमिटिले पारित गरेपछि त्यो सार्वजनिक गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ