- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महोत्तरी। नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियो भएकाले महोत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उनले दाबी गरेका छन्।
क्षेत्र नम्बर १ महोत्तरीले आज आयोजना गरेको होली विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन्। उनले बाहिर सार्वजनिक भए जस्तो महोत्तरी काँग्रेसमा कुनै तिक्तता पनि नरहेको पनि जिकिर गरे।
जिल्ला कमिटी सदस्य विनोद बरालले स्थानीय तह निर्वाचनको टिकटप्रति लक्षित गर्दै कुनै पनि व्यक्ति बलियो नभएको र संगठनिक संरचना बलियो भए मात्र व्यक्ति बलियो हुने बताए कुनै पनि व्यक्ति आफू बलियो छु भनेर नसोचौँ पहिला सङ्गठनलाई दरिलो बनाऔँ। उनले भने।
उम्मेदवारहरूको विषय टुङ्ग्याउन पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरेलाई खटाएको छ। होलीपछि नै चुनाव लक्षित कार्यक्रम र उम्मेदवारको विषयमा ध्यान दिने नेता घिमिरेको भनाइ छ।
पार्टीले गठबन्धनको विषयमा निर्णय गरेर सोहीअनुसार अगाडि बढ्ने नेता घिमिरेको भनाइ छ। बर्दिबास नगरपालिकाका युवा नेता प्रह्लाद घिमिरेले भने गठबन्धनको कुनै औचित्य नभएको बताए।