- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यसअघि २०७४ सालमा तीन चरणमा निर्वाचन भएकामा यसपालि देशभर एकैपटक निर्वाचन हुँदैछ ।
त्यसका लागि निवाृचन आयोगले आचारसंहिता बनाएको छ । आचारसंहिता अनुसार उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ । त्चयतिमात्र हैन निर्वाचन आयोगले उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ ।
निर्वाचन आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर्नुपर्ने भए सो पनि फछ्र्योट भएको हुनुपर्ने बताए ।
आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो ।
यस्तो छ ७८ पृष्ठ लामो आचारसंहिता–