arrow

बैशाख ३० को निर्वाचन आचारसंहिताः दलले यसरी गर्न पाउँछन् सञ्चार माध्यमको प्रयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
local-level-election-everytime1.jpg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई लक्षित गरी ल्याएको निर्वाचन आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ । आचारसंहितामा राजनीतिक दल, उम्मेदवार र दलका भ्रातृ संगठनले प्रचारप्रसारका बेला कसरी सञ्चार माध्यमको प्रयोग गर्न पाउनेछन् भन्ने खुलाइएको छ । स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते हुन गइरहेको छ । 

आचारसंहितामा राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन पाउने उल्लेख गरिएको छ । 

राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा उचाई र चौडाई सात÷सात इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन पाउने छ । 

‘स्थानीय तहका सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ।एम। रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा दुई पटक प्रसारण गराउन सक्ने,’ निर्वाचन आचारसंहिता, २०७८ मा भनिएको छ ।

यस्तै, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ।एम। रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा तीन पटक प्रसारण गराउन सक्नेछ । 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ।एम। रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन पाउने छन् । 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा उचाई र लम्बाई सात-सात इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन पाउने व्यवस्था आचारसंहिताले गरेको छ । 

राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ।एम। रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन सक्नेछन् । 

राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन पाउने छन् । 

राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा उचाई र लम्बाई सात÷सात इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामामात्र प्रचार सामग्री छपाउन पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ