arrow

प्रचण्डलाई निर्वाचनमा कसैको बैशाखी नचाहिने, माओवादी केन्द्र एक नम्बर पार्टी हुने दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
prachanda-final1.jpg
तस्बिर– फाइल

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एक नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् । देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताए ।

‘२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो’, प्रेस सेन्टर कास्कीले पोखरामा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने ।

उनले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताए ।

सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उनको भनाइ छ ।

‘मधेसको ४–५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ’, प्रचण्डले भने, ‘हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुने भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’

उनले माओवादीलाई कसैको बैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ