arrow

गठबन्धनको टुङ्गो लगाउन एकीकृत समाजवादी सर्लाहीले बनायो वार्ता कमिटी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
samajbadi-camunity.JPG

सर्लाही । नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटीले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा आधिकारिक कुरा गर्न वार्ता कमिटी गठन गरेको छ । आज हरिपुरमा भएको विस्तारित पदाधिकारी बैठकले वार्ता कमिटी बनाएको हो । 

जिल्ला अध्यक्ष सुरेन्द्र लामा संयोजक रहेको वार्ता कमिटीमा देवेन्द्र राय, अन्जु पौडेल र गोविन्द अधिकारी सदस्य रहेको जिल्ला प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए ।

स्थायी कमिटी सदस्य रामचन्द्र झाले बैठकमा निर्वाचन केन्द्रित भएर काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले केपी ओली कम्युनिस्ट आदर्शबाट नै बाहिर गएकाले नेकपा एमालेको अलमलमा नपर्न आव्हान गरे ।

प्रचार प्रमुख वाग्लेका अनुसार बैठकले चैत १५ गते भित्र सङ्गठन निर्माणको काम सक्ने, प पार्टी सँग वार्ता भए पनि आवश्यक परे एक्लै उम्मेदवार दिएर जित्ने गरी निर्वाचनमा जुट्ने, पार्टी प्रचार विभागलाई पूर्णता दिने, चुनावसम्म पूर्ण समय पार्टीलाई प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको बैठकमा पार्टी नेताहरू लक्ष्मण पौडेल , रवीन्द्र बैठा, डिल्ली उप्रेती, बेची लुङेली, जमरुद्दिन मन्सुर, हरि सहनी, आरती लामा, गोविन्द अधिकारी लगायतले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ