arrow

माओवादी छाडेपछि एमालेमा लागे विष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
thammar-bista-uml.jpg

सुर्खेत । नेकपा माओवादी केन्द्रका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेश सभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रदेशसभा दलका प्रमुख सचेकतसमेत रहेका विष्टले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिएका थिए । 

पार्टी प्रवेश गरेका विष्टसहित नेता कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखरेलले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् । राजीनामा दिएका विष्टलाई माओवादीले राजीनामा फिर्ता गरेर आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको थियो । तर राजीनामा फिर्ता नलिएपछि पार्टीले उनलाई निलम्बन गरेको थियो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी प्रशिक्षण दिनका लागि विरेन्द्रनगर पुगेकै दिन उनले राजीनामा दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ