arrow

सबैभन्दा ठूलो कला

logo
बुद्ध,
प्रकाशित २०७८ चैत ८ मंगलबार
gautam-buddha1.jpg

एक युवा ब्रह्मचारी थिए। उनी धेरै प्रतिभाशाली थिए। उनले लगनशीलतापूर्वक शास्त्रहरूको अध्ययन गरेका थिए। उनले ख्याति कमाउन नयाँ कला सिकि रहन्थे। उनले विभिन्न कला सिक्नका लागि धेरै देशको भ्रमण पनि गरे । एकजना व्यक्तिलाई बाण बनाउँदै गरेको देखेपछि उनीबाट बाण बनाउने कला सिके ।

कसैलाई मूर्ति बनाएको देख्दा उनीबाट मूर्ति बनाउने कला सिके, त्यसरी नै कतैबाट सुन्दर काठका कला पनि सिके । उनी करिब पन्ध्र–बीस देशमा गए र केही न केही सिकेर फर्किए । यसपटक स्वदेश फर्किदा उनी गर्वले भरिए ।

घमण्डले सबैको खिल्ली उडाउँथे र भन्थे म जस्तो अनुपम कलाकार पृथ्वीमा कोहि छैन । म जस्तो महान कलाकार कहाँ भेट्टाउन सिन्छ ।

जब बुद्धले त्यो जवान ब्रह्मचारीको बारेमा थाहा पाए, उनको अहंकार तोड्न एक ब्राह्मणको रूपमा उनी भएको ठाँउमा पुगे र भने, 'यवक, म आफुलाई जान्ने कला जान्दछु । के तिमीलाई यो कला पनि आउ छ ?'

बूढो ब्राह्मणको रूप धारण गरेका युवकले बुद्धलाई चिन्न सकेनन् र भने, 'बाबा, आफूलाई चिन्ने पनि कुनै कला हो।'

यसमाथि बुद्धले भने, 'जसले बाण बनाउँछ, मूर्ति बनाउँछ, सुन्दर काठका कला बनाउँछ वा घर बनाउँछ त्यो त मात्र कलाकार हो। यो काम त जो कोहीले पनि सिक्न सक्छ। तर यस जीवनमा महान कलाकार त्यो हो जसले आफ्नो शरीर र मनलाई नियन्त्रण गर्न सिक्छ। अब मलाई भन, यी कलाहरू सिक्नु ठूलो कुरा हो कि आफ्नु जीवनलाई महान बनाउनु।'

बुद्धको भनाइको अर्थ बुझेर युवकको घमण्ड चकनाचुर भयो र बुद्धको चरणमा परे । त्यही दिनदेखि उनी शिष्य बने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ