arrow

कीर्तिमानी नदाल डेढ महिना कोर्ट बाहिर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
nadal.jpg
तस्बिर– फाइल

काठमाडौं । कीर्तिमानी टेनिस खेलाडी रफाइल नदाल डेढ महिना टेनिस कोर्ट बाहिर रहनु पर्ने भएको छ । हिप इन्जुरीका कारण उनी ४ देखि ६ साता कोर्ट बाहिर रहने भएका हुन् ।

इन्डियन वेल्स टेनिस प्रतियोगिताको सेमिफाइनल खेलका क्रममा उनले चोट बोकेका थिए । चोटकै कारण नदालले इन्डियन वेल्सको फाइनल हारेका थिए । 

उनले लगातार २१ जितपछि फाइनलमा सोझो सेटमा पराजित हुन पुगेका थिए । २१ पटकका कीर्तिमानी ग्राण्डस्लाम विजेता स्पेनिश खेलाडी नदालले आफूलाई वेल्सको फाइनलमा स्वास फेर्नसमेत गाह्रो भएको प्रतिक्रिया दिएका थिए । 

उनले अष्ट्रेलियन ओपन जितेसँगै दुई टेनिसमा महान खेलाडीहरु स्वीस रोजर फेडेरर र सर्भियन नोभाक जोकोभिचको २० ग्राण्डस्लाम उपाधि उछिन्दै कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ