arrow

 यस्तो छ स्थानीय तह निर्वाचन कार्यतालिका 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
local-level-election-2079.jpg

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रक्रिया शुरु भइसकेको भए पनि उम्मेदवारी प्रक्रिया बैशाख दोस्रो सातादेखि शुरु हुने भएको छ ।

निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार बैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । 

उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोमिएको छ । त्यस्तै १२ गते नै साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ । 

उम्मेदवारीको विरोधमा उजुरी दिन बैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ । 

बैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय तोकिएको छ । 

बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ । 

बैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र १६ गते नै उम्मेदवारी अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । 

बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र बैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

यसैगरी आयोगले मौन अवधि बैशाख २७ गते राति १२ बजेबाट लागू हुने जनाएको छ । 

मौन अवधि मतदान शुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट लागू हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ