arrow

प्रचण्डले भने- आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
prachanda-mcc.jpg

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन नगरि चुनावमा होमिएपनि कुनै आपत्ति नहुने बताएका छन् । शुक्रवार आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्डले यस्तो बताएका हुन् । 

गठबन्धनका सन्दर्भमा प्रचण्डले अहिले केही साथीहरु मिलेर जाने होइन आफ्नै आफ्नै ढङ्गले जानुपर्छ भन्ने गरेको बताए । उनले भने, “आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन । आफ्नै आफ्नै तरिकाले पनि जान सकिन्छ ।” 

दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उनले भने “सबै दल आ-आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो ? के संविधानसभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो ?” गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गर्दै उनले सो कुरालाई बिर्सन नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ