arrow

नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
nepal-cricket-dipendra-dev-cricket.jpg

काठमाडौं । नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दोस्रो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट जितका लागि २७९ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शनिबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।

दिपेन्द्र सिंह ऐरीले करियरको पहिलो शतक बनाउने क्रममा १ सय ५ रन जोडे । उनी शतक हान्ने तेस्रो नेपाली खेलाडी हुन् । 

त्यस्तै ५ रन जोड्दा शुरुआती २ विकेट गुमाएको नेपालका लागि तेस्रो विकेटका लािग दिपेन्द्र र देव खनालले १२९ रनको कीर्तिमानी साझेदारी गरे । देवले ७२ रन जोडे । 

उनले दोस्रो एक दिवसीय खेलिरहेका हुन् । कीर्तिमानी ब्याट्सम्यान जसले हिजो १२६ रन बनाएका थिए । आज ३५ रन जोडे । भिम शार्की २६ रन बनाउँदा कप्तान सन्दीप लामिछानेले ९ बलमा २ चौका र १ छक्काको मद्धतले अविजित रहँदै २४ रन बनाए । 

पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । दुई खेलको श्रृंखलाको पहिलो खेलमा पीएनजी हिजो ६ रनले विजयी भएको थियो । 

यो खेलपछि मलेसिया सम्मिलित तीन देशबीच टी–२० श्रृंखला हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ