आयोगद्वारा ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त, २९ गतेदेखि जिम्मेवारी सम्हाल्ने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
566
Shares
फाइल तस्बिर
काठमाडौँ। आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।
जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रूपमा नियुक्त गरेको हो।
आगामी २९ चैतदेखि जिम्मेवारी लागू हुने गरी न्यायाधप्श लगायत ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ । ‘निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यालयले नै व्योहोरा अवगत गरी खटाई पठाइदिन’समेत आयोगले निर्देशन दिएको छ।
यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगन्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, बुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ।