arrow

वीरपुरमा जीमखाना सहितको कभर्ड हल निर्माण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
coved-hall-budhhabhumi.PNG

कपिलवस्तु । कपिलवस्तुको बुद्धुभुमी नगरपालिका वडा नम्बर-२ स्थित वीरपुरमा जीमखाना सहितको कभर्ड हल निर्माण गरिएको छ । नगरपालिका, वडा, लुम्बिनी प्रदेश, सामुदायिक वन लगायतको ६० लाख लागतमा कभर्ड हल निर्माण गरिएको हो । 

कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले कभर्ड हलको उद्घाटन गर्दै यसले वडा कै खेलकुद विकासमा मद्दत मिल्ने बताए । उनले कुलतमा फसेका युवाहरूलाई खेलकुद तर्फ लाग्न यसले प्रोत्साहित गर्ने बताए । 

उनले नगरमा कै पहिलो कभर्डहल निर्माण गरेर नमुना काम गरिएको भन्दै प्रशंसा गरे । उनले खेल र खेलाडीलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले नगर मै पहिलो कभर्ड हल निर्माण गरेर नमुना काम गरिएको बताए । 

उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले दोस्रो कभर्ड हल नगरपालिका वडा नम्बर २ बडहरामा केही दिन मै निर्माण सूरु हुने बताए । यस्तै बुढीमा ६ करोड लागतको स्टेडियम निर्माणको डीपीआर तयार गरी स्वीकृतिका लगी पठाइएको उनले बताए ।  

कभर्ड हल निर्माणका २ वटा स्थानीय निर्माण समिति गठन गरी कार्य अघि बढाइएको वडाध्यक्ष तिलक बस्नेतले बताए । सुरुको निर्माण समितिको अध्यक्ष मीन बहादुर थारु र दोस्रो समिति बल बहादुर समिति अध्यक्ष छन् । 

नगरपालिकाले २५ लाख वडा र प्रदेशले १०-१० लाख र सामुदायिक वन उपभोक्ता समितिले १० लाख सहयोग गरेर २ वर्षको अवधिमा कभर्ड हल निर्माण भएको हो । कभर्ड हल भित्र दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । 

यस्तै हल भित्र जिमखाना समेत बनाइएको छ । युवाहरूलाई कुलतमा फस्न नदिन र खेल क्षेत्रको विकासकालागि कभर्ड हल निर्माण गरिएको वडाध्यक्ष बस्नेतले बताए । यस अघि वीरपुर मै फुटबल खेल मैदान समेत निर्माण गरिएको थियो । 

शनिवार दोस्रो नगर स्तरीय दोस्रो ब्याडमिन्टन प्रतियोगिता समेत सुरु गरिएको छ । महामन्त्री आचार्य र मेयर श्रेष्ठले कोर्टमा ब्याडमिन्टन खेलेर प्रतियोगी तको शुभारम्भ गरिएको हो । बुद्धुभुमी ब्याडमिन्टन क्लब गोरुसिङ्गेको आयोजनामा हुने खेल ३ दिन सम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ