arrow

सङ्घले अलपत्र पार्‍यो, प्रदेशले आश्वासन दियो, स्थानीय सरकारले पूरा गर्‍यो

मुगु कर्णालीमा वेलिव्रिज राखिएसँगै तल्लो हुम्ला मुगुसँग जोडियो 

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७८ चैत १४ सोमबार
mugu-district.jpg

मुगु । मुगु जिल्ला स्थित मुगु कणाली नदी माथि स्थानीय सरकारको लगानीमा वेलिव्रिज राखिएसँगै हुम्ला जिल्ला मुगु जिल्लासँग सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाको आर्थिक लगानीमा वडा नं ३ र १३ मा रहेको ईमालमोर भन्ने स्थानमा मुगु कणाली नदीमाथि वेलिव्रिज राखिएपछि हुम्ला जिल्ला र मुगु जिल्ला सडक सञ्जालमा जोडिएका हुन । 

छायाँनाथ रारा नगरपालिकाका वडा नं १ देखि हुम्ला जिल्ला चंखेली गाउँपालिकाको दार्म तल रहेको हुम्ला कणालीसम्म ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (च्बउ–घ ले सडक बनाए पनि मुगु कणाली नदीमा पुल नहुँदा यहाँका स्थानीयहरूले सडक बनेर पनि यातायातको सुविधा लिनबाट वञ्चित हुँदै आएका थिए । 

तत्कालीन जिल्ला विकास समिति हाल सङ्घीय सरकारको मातहतमा करिब ६ करोडको ठेक्का गरेर मुगु हुम्ला लिङ्क रोडको मुगु कणाली नदीमा पक्की पुल बनाउन ठेक्का लगाए पनि प्राविधिक कारण देखाउँदै ठेकेदार पक्षले पेस्की लिएर पनि लामो समयसम्म पुल नबनाई गुमनाम बसेको थियो । कणाली प्रदेशका तत्कालीन मुख्य मन्त्री महेन्द्र बहादुर शाही २०७७ सालमा पक्की पुल निर्माण स्थल मै पुगेर ठेकदारलाई पुल बनाउन लगाउने यदि नबनाएमा ठेक्का रद्द गरि पेस्की लिएको रकम सहित असुलउपर गरेर नयाँ ठेक्का खोल्ने बताए पनि कुनै सुनुवाइ भएन । 

यसै विच मुगु कणाली पारी रहेका छायाँनाथ रारा नगरपालिका वडा नं १३ र १४ मा सडक बनेर हुम्ला सम्म जोडिए पनि मुगु कणाली नदीमा पुल नहुँदा सडकको सदुपयोग हुन सकेको थिएन । 

सङ्घ र प्रदेश सरकारको आसमा बस्दा बस्दा बनेको सडक समेत जीर्ण हुने अवस्था आएपछि छायाँनाथ रारा नगरपालिकाले करिब ६ करोड ३ लाख २१ हजार १५७ लागत स्टमेट मध्ये ५ करोड २० लाख ५५ हजार ९०२ रुपियाँमा वेलिव्रिज बनाउने गरि २०७७ पुस २९ गते जलप -रविचक्र जेभि भरतपुर ८ चितवनको निर्माण कम्पनी सँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न गरि आइतबाट विधिवत् रूपमा पुलको उद्घाटन गरिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले जानकारी गराए ।

नगर प्रमुख हरिजंग शाहीको बाहुलीबाट उद्घाटन गरिएको मुगु कणाली माथिको पुल उद्घाटन भएसँगै सवारी तथा मालवाहक साधनहरू कणाली पारी र हुम्लासम्म चल्ने भएका छन् ।

सङ्घ सरकार,प्रदेश सरकारले बनाउला भनेर हामीले आस मानी रहौँ सङ्घले ठेक्का खोलेको ९ वर्ष बितिसक्दा पनि पेस्की लिएको ठेकदार कता छ पत्तो छैन,प्रदेश सरकारले आश्वासन मात्र दियो मात्र हाम्रो नगरमा हामीले बनाउने हो माथिका सरकारको भर पर्ने हो भने विकास सम्भव छैन भनेर कार्यपालिकाले नै निर्णय गरेर यो पुल बनाउन ५ करोड बढी खर्च गरेको नगर प्रमुख हरिजङ्ग शाहीले बताए ।

पुल बनेसँगै छायाँनाथ रारा नगरपालिका वडा नं १३ र १४ पाइने स्याउ,सिमी,ओखर जडीबुटीले बजार पाउने र स्थानीयहरूको आय स्तर समेत बढ्ने वडा नं १३ का वडा अध्यक्ष चक्र बहादुर सावतले बताए । 

कृषकले मात्र होइन पुल बनेसँगै पर्यटन क्षेत्रको पनि विकास हुने अपेक्षा गरिएको छ । रु १ मा अङ्कित चंखेली हिमाल,दूध ताल,थार्प मक्ष्टो थान,जस्ता पर्यटकीय क्षेत्र कणाली पारि पर्ने र यही सडक भएर हुम्लाको सिमिकोटसम्म जान सकिने भएकाले पर्यटकको रोजाइमा पर्न सक्ने स्थानीय कृष्ण रावतले बताए । उनले भने पुल नहुँदा कृषि उत्पादन सदरमुकाम गमगढीमा बेज्न ल्याउन हिँडेर ३ घण्टा लगाउने कृषक पुल बनेसँगै ३०,३५ मिनेटमा गमगढीसम्म पुग्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ