arrow

निर्वाचन आयोगले साना ७३ दललाई आफ्नै चुनाव चिन्ह दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने भएको छ । आयोगको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिन्ह पाउँछन् । राष्ट्रिय मान्यता प्राप्त गरेका बाहेकका साना दललहरूले समेत आफ्नै चुनाव चिन्ह पाउनु पर्ने माग गरेका थिए । 

सोही आधारमा आयोगले जिल्लामा रहेका संगठनको संरचनाको विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको प्रवक्ता पौडेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ