arrow

बाँकेमा सात तेस्रोलिङ्गी मतदाता, तेइस दललाई चुनाव चिन्ह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
local-level-election-everytime1.jpg

नेपालगञ्ज । आगामी स्थानीय तहको निर्वाचनमा बाँकेका सात तेस्रोलिङ्गी मतदाताले मताधिकार प्रयोग गर्ने भएका छन् । ती मध्ये नेपालगञ्ज उपमहानगरपालिकाकाका चार, कोहलपुर नगरपालिकामा एक, राप्ती सोनारी र खजुरा गाउँपालिकामा एक-एक रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए । 

त्यसैगरी बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । तीमध्ये पुरुष एक लाख ६७ हजार ३४९ छन भने महिला एक लाख ६२ हजार ११७ रहेको कार्यालयले जनाएको छ । 

विसं २०७४ को स्थानीय निर्वाचनताका जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकामा यस वर्ष करिब ८० हजार मतदाता थपिएका जनाइएको छ । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छ । मतदाता सङ्ख्या बढेकाले ५२ मतदान केन्द्र पनि बढेको सूचना अधिकारी पन्तले बताए । विसं २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । 

 जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् । उनीहरुलाई निर्वाचन कार्यालयले चुनाव चिन्ह्नसमेत प्रदान गरेको छ ।  यस्ता साना दलमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी, जनजागरण पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा मालेलगायत रहेको निर्वाचन कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ