arrow

सुखको निन्द्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
buddha-squral-story.JPG

एक पटक गौतम बुद्ध सिंसवा वनमा पूर्ण शैय्यामा विराजमान थिए । तब हस्तक अलबाक नामका एक शिष्य त्यहाँ आएर सोधे, 'भन्ते, हिजो तपाई सुखपूर्वक सुत्नु भयो होला ?'
'हो, कुमार, हिजो म सुखसँग सुतेँ।'

'तर प्रभु! हिजो राति हिउँ परेको थियो र चिसो बढेको थियो । तपाईँको पातको आसन त धेरै पातलो छ, तैपनि राम्रोसँग सुते भन्नुहुन्छ ?'

'ठिक छ कुमार, मेरो प्रश्नको जवाफ दिऊ। मानौँ, कुनै घरधनीको छोराको कोठा हावारहित र बन्द छ । उसको ओछ्यानमा सिरानी गलैँचाको छ । माथि ओढ्ने छ र चार जना दाजुभाइ सेवाको लागि तयार छन् भने के त्यो घरधनीको छोरो सुखले सुत्न सक्छ ?
‘हो भन्ते, यति धेरै सुविधा भए किन निन्द्रा नलाग्ने ? उसलाई खुसीको निन्द्रा आउनेछ।'

'तर कुमार, त्यो घरधनीको छोरोलाई रोगको कारणले शारीरिक वा मानसिक पीडा भयो भने, के ऊ राम्रोसँग सुत्छ?'
'होइन, ऊ राम्रोसँग सुत्न सक्नेछैन।'

'अनि यदि त्यो घरधनीको छोरोले द्वेष वा आशक्तिबाट उत्पन्न हुने शारीरिक वा मानसिक पीडा भोग्यो भने, के ऊ राम्रोसँग सुत्छ?'
'होइन, ऊ राम्रोसँग सुत्न सक्नेछैन।'

'कुमार तथागतको राग, द्वेष र मोहबाट उत्पन्न हुने ईर्ष्या नष्ट भएको छ, त्यसैले सुखको निद्रा आएको थियो ।'

'वास्तवमा निद्रालाई राम्रो आस्तारणको आवश्यक पर्दैन। तिमिले सूलीको माथि पनि राम्रो निद्रा आउँछ भनेर सुनेको होला। सुखद निन्द्राको लागि चित्त शान्त हुनु परम आवश्यकता हो । यदि सुखद आस्तरण भए के कुरा ? सुखद निन्द्राको लागि त्यो निश्चय नै सहायक हुनेछ । ''



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ