arrow

एमालेको चुनावी हतकण्डाः भोट दिन ध्वजा छुवाउँदै, देवताको कसम खुवाउँदै

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७८ चैत १५ मंगलबार
uml-election-dhwaja.jpg

दार्चुला । स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले अनेक हतकण्डा अपनाउन थालेका छन् । मंगलवार दार्चुलामा पनि त्यसै किसिमको हतकण्डा देखियो । जिल्लाको दुहुँ गाउँपालिका–४ धारीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बृहत आमसभा आयोजना गरिएको थियो । 

उक्त आमसभामा गाउँबाट जाँदै गरेका स्थानीयहरुलाई नेकपा एमालेका कार्यकर्ताहरुले एमालेमै भोट दिन ध्वजा (पूजामा प्रयोग गरिने रातो कपडा) छुवाउँदै, देवताको कसम खुवाउँदै गरेको भिडिओ सामाजिक संजालमा भाइरल भएको छ । 

दुहुँ गाउँपालिका–१ का नेकपा एमालेका अगुवा कार्यकर्ता कल्याण सिंह धामीले बीच बाटोमा केही स्थानीय र अन्य नेकपा समर्थकहरुलाई रोकेर चुनावमा एमालेलाई मात्र भोट दिन भनी ध्वजा छुवाउँदै कसम खुवाउँदै पठाउँदै गरेका थिए । 

खासगरी उनले यसअघि एमालेमा प्रवेश गरेका नवप्रवेशीहरुलाई अन्य पार्टीमा भोट हाल्दिन भनेर कसम खाउँ भन्दै ध्वजा छुवाएका हुन् । मंगलवार वडा नम्बर १ र २ बाट एमालेको आमसभामा सहभागी हुन आउने २ सय जति समर्थक कार्यकर्ता र केही स्थानीयलाई धामीले देवताको कसम खुवाउन लगाएका थिए । 

एमालेका अगुवा कार्यकर्ता धामी भन्दै थिए, ‘चुनावमा हामी एक बोरा चामल र ५ सय रुपैयाँमा बिक्नेवाला छैनौ भनेर ध्वजा छुनुहोस् फेरि यो ध्वजा मन्दिरमा चढाउँछौ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ