arrow

चन्दा मागेर राजनीति, नदिनेलाई धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
chanda-aatanka-final.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचन आउँदैछ । चुनावका लागि दलहरुको तछाँडमछाड बढिरहेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ दल दर्तारत छन् । 

छ राष्ट्रिय दलको मान्यता पाएका दलहरु बाहेक अधिकांश दलहरुले सीमित क्षेत्रमा मात्रै उम्मेदवारी दिँदैछन् पकडको आधारमा । काठमाडौंंमा मात्रै राष्ट्रिय मान्यताप्राप्त बाहेकका ४० दलले उम्मेदवारी दिँदैछन् । 

सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा राष्ट्रिय दलबाहेक पाँच दलले भाग लिँदैछन् । 

दलहरुको आम्दानी प्रायः खुल्दैन । तर मुख्यतयाः चन्दा मागेरै उनीहरुले पार्टी संचालन गरेको पाइन्छ । अझ दलका पनि विभिन्न संगठनले चन्दा आतंक फैलाएको मिडियामा आउने गरेको छ । 

लोकतन्त्र आइसकेपछि पनि अझै यो आतंक बन्द हुन सकेको छैन । पछिल्लो समय एक पीडित व्यवसायीले आफूलाई मोटो रकम मागिएको बताएका छन् । 

त्यतिमात्र हैन उनले उक्त संगठनका व्यक्तिको फोन नउठाएका कारण धम्कीसमेत खानु परेको छ । 

प्रसङ्ग हो नेपाल उत्पीडित जातीय मुक्ति समाजको । काठमाडौंमै केन्द्रीय कार्यालय भएको उक्त समाजले खुलेआम चन्दा मागेको छ र नदिँदा धम्कीसँगै गालीगलौजसमेत खानु परेको छ । 

उसले आसन्न चुनावमा अर्थपूर्ण उपलब्धि हासिल गर्ने उद्धेश्यका साथ आम नेपाली जनता सँगसँगै ५० औं लाख उत्पीडित दलित जनताको प्रमुख संगठन भएको नाताले देशव्यापी परिचालन भएको जनाएको छ । 

आर्थिक सहयोग सम्बन्धमा भन्दै उक्त संगठनले छैटौं राष्ट्रिय सम्मेलन यही जेठ १५ देखि १७ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिरहेको जनाएको छ । 

जहाँ उल्लेख गरिएको छ कि उक्त सम्मेलनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् । 

त्यही एउटा सम्मेलनलाई सफल पार्नका लागि उक्त समाजले जनप्रतिनिधि संस्था, राष्ट्र सेवक, उद्योगी–व्यवसायी, समाजसेवी तथा समाजिक संघ संस्थाका व्यक्तिहरुलाई ‘विशेष आर्थिक सहयोग’ का लागि अनुरोधसमेत गरिएको छ । 

ती पीडित व्यवसायीका अनुसार उनले चन्दा नदिँदा धम्की बेहोर्नु परेको हो । 

उक्त समाजका केन्द्रीय अध्यक्ष जीतु गौतमले नै सहयोगका लागि पत्र काटेका हुन् । चन्दा माग्दा त्यसको रेस्पोन्स नगरेपछि राति राति फोन गरेर गालीगलौज गर्नुका साथै थर्काएर धम्कीसमेत दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ