arrow

हातहतियार बुझाउन प्रशासनको आग्रह

logo
सुनील आउजी, 
प्रकाशित २०७८ चैत १७ बिहिबार
hatiyar.jpg
तस्बिर– सांकेतिक

धनगढी । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले सो आग्रह गरेको हो ।

आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिने गरी बुझाउन भनिएको छ ।

निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाइमा लगेर हातहतियार बुझाउन अनुरोध गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ