arrow

मुगुका २८ हजार बालबालिकालाई टाइफाइड विरुद्ध खोप दिइँदै 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७८ चैत १८ शुक्रबार
muru-tifide.PNG

मुगु । मुगुका २८ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ । नेपाल सरकारले अभियान कै रूपमा देशभर आगामी २५ गते देखि वैशाख ८ गतेसम्म सञ्चालन गर्न लागेको टाइफाइड विरुद्ध खोप अभियानमा दुर्गम मुगु जिल्ला २८ हजार ७८३ बालबालिकालाई खोप लगाइने भएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुको आयोजनामा शुक्रवार जिल्ला सदरमुकाम गमगढीमा आयोजित जिल्ला स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम आगामी २५ गतेबाट वैशाख ८ गतेसम्म अभियान चलाएर २१ हजार ११६ विद्यार्थी र ७ हजार ६६७ विद्यालय बाहिरका १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख उमेश गौतमले जानकारी गराए।

बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइड विरुद्धको थपेर अव देखि नियमित खोप दिइने छ । राष्ट्रिय अभियानका बेला जिल्लाका १५८ विद्यालय र बाकी स्वास्थ्य संस्थाहरू गरि जिल्ला भर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले बताए ।

खोसु रावलका अनुसार स्थानीय तह अनुसार छायाँनाथ रारा नगरपालिकामा १०,३३४ जना, मुगुम कार्मारोङ्ग गाउँपालिकामा २०८७ जना,सोरु गाउँपालिकामा ८,१९८ जना र खत्याड गाउँपालिकामा ८,१६४ जना बालबालिकालाई टाईफाइृट विरुद्ध खोप लगाइने छ । 

मुख्य गरि सरसफाइको कमी र झिँगाका कारण फैलिने टाइफाइडका बिरामी सङ्ख्या पछिल्लो समयमा बढ्दै गएपछि सरकारले अभियान नै चलाएर खोप दिन लागेकोले सरोकारवाला सबैले अभियान सफल बनाउन लाग्नु पर्ने र खोप लगाउन कोही नछुटोस् भनेर राम्रा कदमहरू चल्नु पर्ने प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

यो खोप शतप्रतिशत सफल रहेको र प्रति लाखमा १ जनालाई सामान्य असर देखिन सक्ने पनि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ