arrow

कागेश्वरी मनहरा नगर प्रमुखमा निर्विकल्प बन्दै थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
shankar-thapa-congress-kageshwori.jpg

काठमाडौं । करिब चार दशक आफ्नो जीवन नेपाली कांग्रेसको राजनितिक यात्रामा समर्पित शंकर थापा स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनहरा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट बलियो उम्मेदवार देखिएका छन् । संगठनलाई चुस्त र दुरुस्त राख्न उनको महत्त्वपूर्ण योगदान रहेको छ ।

उनको उम्मेदवारीमा सबैको सहमत हुने एक किसिमिको वातावरण पहिले नै बनिसकेको बताइन्छ । सत्ताधारी दलहरुको गठबन्धनको तालमेलमा प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नंं २ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिनुपर्ने भएकाले थापा कांग्रेसबाट कागेश्वरी मनहरा नगरपालिकाको निर्विकल्प उम्मेदवार जस्तै देखिएका छन् ।

२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सकृय रहँदै २०३८ सालमा पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चित सदस्य थापा कांग्रेस मुलपानी गाउँ इकाइ समितिका संस्थापक सचिव, सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय सचिव, महाधिवेशन प्रतिनिधि भइसकेका छन् । 

कांग्रेस काठमाडौं जिल्ला सदस्यसमेत भैसकेका थापा जिल्ला कार्य सम्पादन समिति सदस्य, महाधिवेशन प्रतिनिधि ,महासमिति सदस्य र कांग्रेस काठमाडौं क्षेत्र नंं २ को संगठन विभाग प्रमुखको जिम्मेवारी सफलताका साथ सम्पन्न गरिसकेका छन् ।

२०६९ साल पुस ७ देखि ९ गतेसम्म क्षेत्रीय  सभापतिहरुको थलि डाछीमा आयोजित राष्ट्रिय प्रशिक्षण भेलाको संयोजक भएर कार्य गरिसकेका नेता थापालाई पार्टी शभापती शेरबहादुर देउवाबाट तत्कालीन संगठन विभाग प्रमुख रहेका नेता गोपालमान श्रेष्ठले विभागमा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । 

पछिल्लो चुनावमा कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसले हार बेहोरेको थियो । अहिले त्यो हारलाई जितमा परिणत गर्न सक्ने नेताको रुपमा थापालाई लिइएको छ । 

आजसम्म कुनै लाभान्वित पदमा आफूलाई प्रस्तुत नगरेका थापा यसपालि नगरप्रमुखको उम्मेदवारमा सिफारिस हुनेमा विश्वस्त छन् । 

उनी कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुखको मनोमानी विरुद्ध र नगरपालिकाको वेथिति विरुद्ध आवाज उठाउँदै आएका छन् । नगरपालिकाको संघर्ष समितिका संयोजकसमेत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ