arrow

निर्वाचन आयोगले आचारसंहिताबारे प्रतिबद्धता लिन बोलायो दलहरुलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
election-commission167.jpg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको आगामी बैशाख ३० गते एकै चरणमा हुन गइरहेको निर्वाचनका लागि आचारसंहिताको कार्यान्वयन सम्बन्धमा दलहरुलाई आह्वान गरेको छ । 

आयोगले राजनीतिक दलहरूबाट प्रतिबद्धता लिनका लागि मंगलबार आयोगमा बोलाएको छ । आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग चैत २२ गते छलफल गर्ने भएको हो । 

आयोगले गत चैत ३ गते स्थानीय निर्वाचन आचारसंहिता स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिसकेको छ । आयोगका अनुसार स्थानीय निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलबाट आयोगले आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ