arrow

मुख्यमन्त्रीले भने - छ वटा ‘ब’ लाई ध्यान दिए कर्णालीमा विकास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
karnali-sahi.PNG

सुर्खेत । साँच्चै कर्णालीको समृद्धि र विकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायहरूले छ वटा ‘ब’लाई ध्यान दिनुपर्ने मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।

जहिले पनि केन्द्रीय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फेर्नका लागि छ वटा ब (बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताए । कर्णालीको विकासका लागि ६ ब लाई प्राथमिकतामा राखेर काम गर्ने हो भने सोचे अनुसारको कर्णाली बनाउन सकिने उनले बताए ।

कर्णालीका सबै बस्तीहरूमा छ वटा ब (बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापन) लाई अवलम्बन गर्न नसकेकै कारण कर्णालीको विकास हुन सकेको छैन । यदि कर्णालीका सबै बस्तीहरूमा छ वटा ब को अवधारण पुर्‍याउने हो भने प्राकृतिक श्रोत साधनले भरिपूर्ण कर्णालीको मुहार फेर्न कसैको मुख ताक्नु नपर्ने मुख्यमन्त्री शाहीले बताए ।

सुर्खेतको शुभ होटेलमा सञ्चालन भएको समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुली, सिँचाइ, सडक, भवन, सरसफाइ लगायतका नयाँ र राम्रा कार्य भए त्यसको जस जनता दिने तर आफू प्रदेश सरकार सञ्चालनको मुख्य जिम्मेवारी भएको कारण कर्णालीमा हुने सबै खाले नराम्रा कामको जिम्मा लिन आफू तयार रहेको बताए । 

यसरी राम्रा कामको जिम्मेवारी अरूलाई दिने नेताहरू अहिलेको अवस्था भेटाउनै कठिन भएको बेला मुख्यमन्त्री शाहीले सार्वजनिक बहस कार्यक्रममा नराम्रा कामको जिम्मेवारी आफुले लिने बताए ।

सोही कार्यक्रममा बोल्दै देशका सात वटा प्रदेश मध्य कुनै भन्दा कर्णालीको गरिबी अनुपात अगाडी नआएसम्म यसमा सन्तुष्ट हुने अवस्था नदेखिएको र केही दिन अगाडी एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको कर्णालीको गरिबी अनुपातप्रति मुख्यमन्त्री शाहीले सन्तुष्ट नभएको, कर्णालीको गरिबी अनुपात ५१ बाट ३९ मा झरे पनि त्यो सन्तुष्ट हुने अवस्था नभएको उनले बताए । 

कर्णाली वास्तवमै गरिबीको समस्या नभएर मानसिक गरिबी मुख्य समस्या भएकाले जबसम्म कर्णालीवासीको मानसिकतामा रहेको गरिबीलाई हटाउन सकिँदैन तबसम्म कर्णालीको समृद्धि र विकास नहुने उनले बताए बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ