- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिराहा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिराहाको बैठकले स्थानीय तह निर्वाचन सम्बन्धी चार वटा समिति गठन गरेको छ । समितिले स्थानीय तह निर्वाचन परिचालन मूल समिति संयोजकमा उपसभापति सुनिलकुमार महतो, प्रचारप्रसार समिति संयोजकमा जिल्ला सचिव सैलेन्द्रकुमार यादव, अनुगमन समितिको संयोजकमा सहसचिव रामबाबु यादव र अन्तरपार्टी समन्वय समितिको संयोजकमा जिल्ला सभापति रामचन्द्र यादवको संयोजकत्वमा समिति गठबन गरेको छ । जसमा सैलेन्द्रकुमार यादव र रामबाबु यादव सदस्य रहेका छन् ।
साथै जिल्लाले केन्द्रीय तालिकाअनुसार सबै तहलाई उम्मेदवारहरुको नमावली समयमै सिफारीस गरी पठाउन निर्देशनात्मक निर्णय गरेको सचिव सैलेन्द्रकुमार यादवले बताए ।