arrow

भरतपुरमा जस्तो तालमेल गर्न नहुने कोइरालाको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
shekhar-Koirala.jpg.jpeg

गण्डकी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने बताएका छन् । गण्डकीको एक कार्यक्रममा नेता कोइरालाले तालमेलका नाममा विसं २०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेका स्थानमा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको स्मरण गर्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने बताए । 

नयाँ मतदातालाई रुखबाहेक अन्य चिह्नमा कसरी मतदान गर्ने लगाउने त्यो कुरा कांग्रेसका लागि चुनौती भएको बताउँदै नेता कोइरालाले भने, “एकातिर घरघर जाऔँ कांग्रेस जिताऔँ अभियान जुटेको पार्टी कार्यकर्ताले गठबन्धनका नाममा कसरी माओवादीलाई भोट हाल कसरी भन्ने यसको व्यवस्थापन गर्नुपर्छ ।” 

उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्य आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई आग्रह गरे । जथाभाबी टिकट वितरण गर्ने होइन सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ भन्दै उनले भने, “प्रदेशले कांग्रेसको विधानअनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्दछ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ