arrow

कञ्चनपुरको बेलौरीमा गठबन्धन आवश्यक नभएको कांग्रेसको ठहर, जबरजस्ती गरे एक्लै भिड्ने चेतावनी 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ चैत २२ मंगलबार
ghatabandhan-congress4-parties.jpg

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीमा कांग्रेस एक्लै चुनाव जित्ने अवस्था रहेका बेला स्थानीय निर्वाचनका लागि बनेको  सत्तारुढ पाँच दलीय गठबन्धन आवश्यक नभएको नेपाली कांग्रेस  बेलौरी नगर कार्य समिति बेलौरीले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा  गठबन्धन गर्ने सत्तारुढ दलहरूको निर्णयको स्वागत गर्दै वडा सम्म मिलेर जाने सत्ता साझेदार दलहरूको कञ्चनपुरमा हिजो सोमबार सहमति बनेपछि नेपाली कांग्रेस बेलौरीका नेता कार्यकर्ता आक्रोशित बनेका हुन ।

बेलौरीमा  नेपाली कांग्रेसले ६५ प्रतिशत बढी मत ल्याएर एक्लै निर्वाचन जित्ने परिस्थिति निर्माण भएका बेला कांग्रेसले कसैसँग तालमेल नगर्ने नेपाली कांग्रेस बेलौरी नगर कार्य समितिका सभापति पेपुराम चौधरीले बताए ।

स्थानीय तहमा गठबन्धनका लागि सर्वदलीय बैठकका लागि पार्टी जिल्ला कार्य समितिको पत्र आइ पुगेको तर छलफलका लागि अन्य दलहरू समेत सकारात्मक नदेखिएको अवस्थामा कांग्रेस नअल्झिने सभापति चौधरीले बताए । उनले भने बेलौरीमा मेयर कांग्रेसले नपाए नेपाली कांग्रेसलाई तालमेल स्वीकार्य हुनेछैन । 

गठबन्धनको नाममा जबरजस्ती लाद्न खोजे स्वीकार्य नहुने नेपाली कांग्रेस बेलौरीका सभापति चौधरीले बताउँछन् । 

बेलौरीमा छाया सरकार प्रमुख समेत रहेका नेपाली कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह विष्ट भन्छन्, 'नेकपाले दुई तिहाइ बहुमत पाएर जनताको भावना अनुसार काम गर्न नसकेका माधव -प्रचण्डको पार्टी जोगाउन कांग्रेसलाई जरुरी छैन । टोल टोलमा कांग्रेस प्रति जनताको मोह बढी रहेका बेला नेपाली कांग्रेसले गठबन्धनको नाममा कम्युनिस्टलाई भोट हाल्न जरुरी छैन ।' 

उनले भने - 'कांग्रेसका कार्यकर्ता मर्न तयार छन् तर कम्युनिस्टलाई भोट हाल्न तयार छैनन् भन्ने कुरा नेपाली कांग्रेसका जिल्ला , प्रदेश र केन्द्रका नेता ज्युहरु समक्ष हामी आग्रह गर्न चाहन्छौ ।' 

केन्द्रीय सत्तारुढ पाँच दलले स्थानीय निर्वाचनमा वडा सम्म गठबन्धन गरेर जाने निर्णय गरेसँगै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका कार्यकर्ता आक्रोशित बनेका छन् । उक्त निर्णयले कांग्रेसलाई मत खसाल्न आतुर मतदाताको मताधिकार खोस्ने र  पार्टीको सङ्गठन ध्वस्त बनाउने नियोजित षड्यन्त्र भएको ठहर छ । 

यसै बिच कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ कै लालझाडी गाउँ पालिकामा पनि कांग्रेसले गठबन्धन नस्विकार्ने नेपाली कांग्रेस लालझाडी गाउँ कार्य समितिका सचिव रमेश विष्टले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ