arrow

निर्वाचन आयोगमा नाराबाजी, छलफल बिना आचारसंहितामा लिखित प्रतिबद्धता खोजेपछि आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
election-commission167.jpg

काठमाडौं । निर्वाचन आयोगले बोलाएको छफलमा नाराबाजी भएको छ । आयोगले स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन बोलाएको सर्वदलीय बैठकमा साना दलहरुले आपत्ति जनाउँदै नाराबाजी गरेका हुन् । 

उनीहरुले छलफल बिना नै आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर नगर्ने भन्दै आपत्ति जनाएका हुन् । आयोग प्रमुख दिनेशअकुमार थपलियाले संयम हुन पटक पटक आग्रह गरे पनि विभिन्न दलका प्रतिनिधिहरु भने आक्रोशति भएका हुन् । 

निर्वाचन आयोगले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई आज छलफलका लागि बोलाएको हो । 



नयाँ