arrow

गठबन्धनको विरोधमा कञ्चनपुरको पुनर्वासमा कांग्रेस भेला

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ चैत २३ बुधबार
ghatabandhan-congress4-parties.jpg

कञ्चनपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गरिएको गठबन्धन प्रति असन्तुष्टि जनाउँदै सत्तारुढ दल नेपाली कांग्रेससले कञ्चनपुरको पुनर्वासमा विरोध गर्दै भेलाको आयोजना गरेको छ । 

नेपाली कांग्रेसस पुनर्वास नगर कार्य समितिका सचिव प्रवीण रावलले सूचना जारी गर्दै गठबन्धनको विरोधमा भेलामा उपस्थितिका लागि आव्हान गरिएको छ । पार्टीको तल्लो निकाय सँग परामर्श छलफल नगरीकनै माथिल्ला निकायले गठबन्धनको निर्णय गरेको भन्दै आपत्ति जनाइएको छ । 

केन्द्रले गरेको गठबन्धनका कारण पार्टीको सङ्गठन नै ध्वस्त हुने स्थिति देखिए पछि विरोधमा उत्रनु परेको नेपाली कांग्रेसस पुनर्वासका कार्यकर्ताहरू बताउँछन् । 

पार्टीको सङ्गठन र जनाधिकार सुदृढ र बलियो हुँदाहुँदै पनि गठबन्धनको नाममा पार्टीलाई सिद्ध्याउने तरिकाले गरिएको गठबन्धन मान्य नहुने नेपाली कांग्रेसस नगर सचिव प्रवीण रावल परिले बताए ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ