arrow

नेपाल श्रीलङ्का जस्तै स्थितिमा पुग्छ भनेर आत्तिनु पर्ने अवस्था छैन : पूर्व गभर्नर

आर्थिक सङ्कट बारे पूर्व गभर्नर नेपालको चिन्ता

logo
नारायण वली,
प्रकाशित २०७८ चैत २३ बुधबार
nepal.jpg

रुपन्देही । विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था सङ्कटमा धकेलिँदै गएको नेपाल राष्ट्रका पूर्व गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले यस्तो बताएका हुन् । 

कोरोना भाइरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तारमा अहिले सम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको र जबकि, मौद्रिक नीति १९ प्रतिशत रहेको वेला लगानी गर्नु अस्वभनीय हुन गएको बताए । 

उनले, मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि हरेक कुरामा सन्चितिकरण गर्नुपर्ने ध्यान दिनुपर्ने र निर्यातलाई बढाउनु पर्नेमा जोड दिए । अहिले नेपालको अवस्था ऋण तिर्न सक्ने रहेको भन्दै, सधैँ ऋणमा मात्रै भर पर्न नहुने बताउँदै, उत्पादन र निर्यातलाई ऊर्जाशील बनाउने बाटोमा सरकार गम्भीर रूपमा अगाडि बढ्नुपर्नेमा सुझाए ।

उनले भने, श्रीलङ्कामा उत्तर पुस्तिका किन्ने पैसा समेत नभएर सबै तहका परीक्षा रोकिएको घटना जस्तै अवस्था नेपालमा तत्काल नआउने दावी गर्दै, सरकारले रेमिटेन्स बढाउने बारेमा लागेको मैले देखेको छु । केही महिना भित्र रेमिटेन्स बढ्छ । अहिले नै नेपाल, श्रीलङ्का जस्तै स्थितिमा पुग्छ भनेर आत्तिनु पर्ने अवस्था छैन । अव, आयतमा भन्दा निर्यातलाई जोड दिनुपर्नेमा बताए ।

एमसीसी परियोजनाले नेपालमा आर्थिक मन्दी शुरु भएको हो भन्ने, हल्ला छ त ? भन्ने पत्रकारहरूले सोधेको जिज्ञासामा पूर्वगर्भनर नेपालले एमसीसीले आर्थिक मन्दी भएको हो भन्ने कुरा सत्य नभएको भन्दै भ्रम भएको बताए । उनले, नेपालको आर्थिक अवस्थालाई एमसीसीले कुनै असर नगरेको जिकिर गर्दै, विकासलाई थप टेवा पुर्‍याउने बताए । 

तिलोत्तमा क्याम्पसका पूर्वप्रमुख एवं अर्थशास्त्री डा.रामचन्द्र आचार्यले विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरूले (इकोनोमिक डेप्पोमेसी) बारे काम नगरेको, दूरदर्शी ताको अभाव हुँदा पनि नियमन निकायले कुनै चासो नदिनु, विदेशी मुद्रामा संचिति नहुनु, उत्पादन घट्नु र आयात बढ्नुले गर्दा पछिल्लो समय नेपालको आर्थिक अवस्था कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै, समयमै सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको सुझाव दिँदै, श्रीलङ्काको जस्तै स्थिति नेपालको पनि नहोला भन्न नसकिने बताए । 

साक्षात्कार कार्यक्रममा वरिष्ठ पत्रकार तथा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाईँले बजारमा आर्थिक मन्दीको चरम सङ्कट पैदा भएको भन्दै, नेपाली मुद्रा कहाँ गइरहेको छ ? किन सङ्कट पैदा भयो ? यसबिषयमा किन सरकारले कदम चाल्दैन ? भन्ने बारेमा सवाल उठाए । जसका कारण सामान्य लगानी समेत बैङ्कहरूले गर्न नसकेको अवस्थामा यस्तै अवस्था रहिरहे मुलुक ठुलो आर्थिक सङ्कटमा जाने जिकिर गरे ।

उनले, नेपालका अर्थशास्त्रीहरूले यो समस्यालाई समाधान गर्न तर्फ के गरिरहेका छन् ? भन्दै श्रीलङ्काको जस्तै नियति नेपालले भोग्न वाट बचाउन जिम्मेवार निकाय र सरोकारवालाले कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ