arrow

चुनावका बेला मधेस केन्द्रित दलहरु छ्यापछ्याप्ती

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको संघारमा मधेसलाई केन्द्रित गरी छ्यापछ्याप्ती पार्टी गठन भएका छन् । खासगरी प्रदेश १, मधेस प्रदेस र सूदरपश्चिम प्रदेशलाई केन्द्रित गरी आधा दर्जनभन्दा बढी दलहरु गठन गरिएका छन् । 

हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीदेखि सिके राउतको जनमत पार्टी यसपटकको चुनावमा पहिलो पटक प्रयोग हँुदैछन् । यद्यपि मधेसमा पहिलो स्थानको पार्टी बन्न ठूला दलहरूबीचमै होडबाजी शुरु भएको छ ।

चुनावको संघारमा लोसपाका विर्खेशचन्द्रलाल, विजयी सिंह लगायतका नेताहरुले पुरानो तराई मधेस लोकतान्त्रिक पार्टीलाई सक्रिय बनाएका छन् । २०७४ वैशाखमा तत्कालीन तराई मधेस केन्द्रित ६ दलले एकीकरण गरी राष्ट्रिय जनता पार्टी गठन गरेपछि तमलोपा अस्तित्वमा थिएन । अस्तित्वमा नभएको तमलोपालाई लाल लगायतका पुराना नेताहरूले यतिखेर तमलोपालाई सक्रिय बनाएका छन् । तमलोपाले आफ्नो गतिविधि तराई मधेसलाई नै केन्द्रित गरेर शुरु गरेको छ । पहाड तथा हिमाली क्षेत्रमा तमलोपाको संगठन नै छैन । 

यसैगरी जनमत पार्टीले पनि मधेस प्रदेशलाई केन्द्रित गरी गतिविधि बढाएको छ । मधेस प्रदेशमै जनमत पार्टीको उपस्थिति बाक्लो छ । अन्य प्रदेशमा जनमत पार्टीको उपस्थिति त्यति छैन । मधेस तथा हिमालमा त यस पार्टीको उपस्थिति शुन्य नै छ । जनमत पार्टीले पहिलो पटक चुनावमा भाग लिँदैछ । यसपटक जनमत पार्टीले मधेसमा बलियो प्रभाव देखाउने उक्त पार्टीका नेताहरूको बुझाइ छ । 

पछिल्लो केही महिनादेखि जनमत पार्टीले मधेसमा हिंसात्मक गतिविधि गर्दैछ । खासगरी मधेस प्रदेशमा रहेका सरकारी कार्यालयका कर्मचारीहरू राउतका पार्टी कार्यकर्ताहरुको तारो बनेका छन् । भ्रष्टाचारबाट दिक्क भएका मधेसका सर्वसाधारण जनता भने यस पार्टीप्रति आकर्षित भएको जनमत पार्टीका नेताहरूको बुझाइ छ । यसले सरकारी कार्यालयमा हुने बेथितिलाई जोडतोडले उठाउँदै आएको छ । तर आफै कारबाही गर्ने शैली गलत छ । 

अघिल्लो पटक नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको चुनावमा भाग लिएका हृदेयश त्रिपाठीले यसपटक आफ्नै पार्टी खोलेका छन् । उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन् । 

२०७४ सालको चुनावको बेला त्रिपाठीलाई साथ दिएका बिज्रेश गुप्ता, पशुपति दयाल मिश्र, अजय शाही लगायतका नेताहरू अहिले उनको साथमा छैनन् । तैपनि मधेसमा प्रभाव देखाउने त्रिपाठीको तयारी छ । खाशगरी लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले शक्ति देखाउने त्रिपाठी पक्षधर नेताहरूको बुझाइ छ । 

लोकतान्त्रिक समाजवादी पार्टी पनि पहिलो पटक चुनावमा भाग लिँदैछ । यद्यपि यस पार्टीका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरत््सिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरू चुनावसँग भुक्तभोगी छन् । 

चुनाव कसरी जितिन्छ र कुन अवस्थामा हारिन्छ, यसको सबै ज्ञान तमलोपाका नेताहरूलाई छ । तमलोपाका कार्यकारिणी समितिका सदस्य केशव झाले स्थानीय निर्वाचनमा लोसपाको उपस्थिति  निकै बलियो हुने बताए । उनले भने, ‘यो चुनावमा देखिने कुरा हो तर हामीलाई  विश्वास छ मधेसमा हामी पहिलो स्थानको पार्टी हुनेछौं ।’ लोसपाका  अधिकांश नेताहरू अघिल्लो पटक राजपाको नामबाट चुनाव लडेका थिए । 

२०७७ बैशाखमा तत्कालीन राजपा र समाजवादीवीच एकीकरण भइ निर्माण भएको जनता समाजवादी पार्टी पनि औपचारिक रुपमा पहिलो पटक चुनावमा भाग लिँदैछ । यद्यपि यस पार्टीका पनि नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, महेन्द्रराय यादव लगायतका नेताहरु चुनावसँग भुक्तभोगी छन् । चुनाव हार्ने र जित्ने खेल यिनीहरुलाई राम्रोसँग थाहा छ । 

मधेसमा आधा दर्जनभन्दा बढी पार्टी सक्रिय भए पनि मधेसमा शक्ति देखाउन जसपा र लोसपाबीच होडबाजी हुने निश्चित छ । 

स्थानीय निर्वाचनमा यी दुई पार्टीले एक आपसमा सहकार्य नगर्ने घोषणा दुवै पार्टीका नेताहरूले गरेका छन् । ७ महिनाअघि मात्र जसपा विभाजन भइ लोसपा गठन भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ