arrow

बुद्धभूमीमा भूमिहीनलाई अस्थायी नाप नक्साको निस्सा वितरण शुरुवात 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ चैत २४ बिहिबार
buddhabhumi-nagarpalika.PNG

कपिलवस्तु । बुद्धभूमी नगरपालिकाले भूमिहीनलाई नाप नक्साको अस्थायी निस्सा वितरण कार्य शुरुवात गरेको छ । वडा नं १ को पथ्थरकोट बिहीबार वाट शुरुवात गरिएको अभियान अन्तर्गत १२ जना दलित भूमिहीन लाई जग्गाको नाप नक्साको निस्सा प्रमाणपत्र वितरण गरिएको छ । 

त्यस्तै ५० जना भूमिहीन सुकुम्वासीलाई समेत अस्थायी निस्सा वितरण गरिएको छ । वर्षौँ देखी जग्गा नभएका तर बसोबास गरिरहेका स्थानीयले जग्गाको स्वामित्व पाउने आस पलाएको छ । बुधबार आयोजित कार्यक्रममा स्थानीय जनताले अस्थायी नाप निस्सा प्रमाणपत्र पाएका छन् । 

वितरण समारोहमा बुद्धभूमी नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ ,वडा नं १ अध्यक्ष तेज बहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले लामो समय देखी जग्गा प्राप्त गर्न नसकेका हरूको लागि नगरपालिकाको प्रयास र राष्ट्रिय भूमि आयोगको समन्वयमा नाप नक्सा प्रमाणपत्र वितरण कार्य शुरु भएको बताए । 

साथै श्रेष्ठले यो कार्यलाई नगरभित्र निरन्तरता दिने बताए । राष्ट्रिय भूमि आयोगको अभिलेखीकरणमा प्राप्त गरेको कागजातका आधारमा १ नं वडामा मात्र मात्र १४ सय ५० बढी रहेको र नगरपालिका भरी ६ हजार २ सय ६६ जनाको भूमिहीन भएको तथ्याङ्क अभिलेखीकरण गरिएको नगरपालिकाका प्रशासन प्रमुख राजन कुमार पोख्रेलले बताए । 

राष्ट्रिय भूमि आयोगको सफ्योयर बाट नाप नक्साको निस्सा निकालेर वितरण गरिएको हो । सम्पूर्ण कागजात पुगेकाहरूलाई अस्थायी नाप नक्साको निस्सा वितरण गरिने नगरपालिकाले जनाएको छ । यो पछि राष्ट्रिय भूमि आयोगले जग्गा नापजाच गरेर प्रक्रिया पुगेपछि स्थायी जग्गाधनीको प्रमाणपत्र उनीहरूले पाउनेछन् ।

निस्सा पाएपछि स्थानीय सुमित्रा वि .क.ले खुसी हुँदै अव जग्गाको नाप जाँच गरि स्थायी प्रमाणपत्र पाउनेमा आफूहरू विश्वस्त रहेको बताइन् ।



नयाँ