arrow

झापामा कांग्रेस गठबन्धन अझ मजबुत बन्दै 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ चैत २६ शनिबार
277887840_550650359667586_4412927581619901036_n.jpg

झापा । नेपाली कांग्रेस झापाको शुक्रबार बसेको जिल्ला पदाधिकारीहरुको बैठकले यही बैशाख ३० गते हुने  स्थानीय निर्वाचनमा स्थान विशेषको परिस्थिति अनुसार केन्द्रमा गठबन्धन गरे बाहेकका दलहरुलाई पनि समावेश गर्ने निर्णय गरेको छ ।

कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्व तथा प्रदेश १ का सभापति उद्वव थापा एवं पूर्व केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटीको विशेष उपस्थितिमा शुक्रबार सम्पन्न  बैठकले गठबन्धनको दायरालाई अझ फराकिलो बनाउने निर्णय गरेको हो ।

बैठकको सहमति अनुरुप गत २०७४ सालको स्थानीय निर्वाचनमा प्राप्त मतभारलाई आधार मानी आगामी स्थानीय तहको निर्वाचनमा अन्य दलहरुसँग पनि चुनावी तालमेल गर्न ब्यवहारिक हुने विषयमा छलफलसमेत भएको थियो । 

बैठकले केन्द्रबाट अर्को परिपत्र नआएसम्म सबै तहको उम्मेद्वार सिफारिस प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशनसमेत गरेको छ । साथै यस समयावधिमा आकांक्षी उम्मेद्वारहरु बीचमा आवश्यक छलफल गराइ सहमतिको वातावरण  तयार पार्न  स्थानीय कार्यसमितिहरुलाई निर्देशन गरेको छ  ।
जिल्लामा बसेको  बैठकले गठबन्धन झापामा अझ सशक्त बन्दै गएको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ