arrow

निर्वाचनमा तालमेलको ‘मोडालिटी’ टुङ्ग्याउँदै गठबन्धन, अपराह्न ४ बजे बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
gathabandhan baithak.jpg
फाइल तस्बिर

काठमाडौँ। पाँच दलीय गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो। बैठकले निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्ने गठबन्धनले जनाएको छ।

गठबन्धनका नेताहरूले सोमबार गठबन्धनले बनाउने उम्मेदवारहरूलाई विजयी बनाउन मतदाताहरूसँग मत मागेका छन्। गठबन्धनसहित निर्वाचनमा जान चाहनुको कारण पनि प्रस्ट पारेका छन्।

यसअघि आइतबारसम्म चार पटक निर्वाचन तयारी तथा अनुगमन समितिले तालमेलको ‘मोडालिटी’बारे छलफल गरेको थियो।पालिका, जिल्ला र प्रदेश स्तरमा गठन गरेको गठबन्धनको संयन्त्रले पठाएको प्रतिवेदन र सुझावको आधारमा मोडालिटीबारे समितिले छलफल गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ