arrow

काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रवार

logo
रासस,
प्रकाशित २०७८ चैत २९ मंगलबार
Nepali-Congress-Party-Flag.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रवार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठन गरिएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए।

काँग्रेसले बैठकमा काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ